Samajik Feed – News Portal from Nepal

सामाजिकफीड-
जनकपुरधाम, फागुन २ गते ।

बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म पुनर्स्थापना केन्द्रमा एक जनाको हत्या भएको छ। बाराको कलैया उपमहानगरपालिका–9 रामपुरका हिरालाल मण्डलका ३५ वर्षीय छोरा धिरेन्द्र उर्फ प्रदिप कुमार मण्डलको कुटपिट गरी हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार सुधार केन्द्रमा गए राति करिब २ बजे कुटपिट भएको थियो। बाहिरबाट रड र चक्कु लिएर आएका करिब १० जनाको समूहले मण्डललाई कुटपिट गरेको र सोही कुटपिटका कारण उनको मृत्यु भएको स्रोतले जनाएको छ।

घटनापछि प्रहरीले तमन्ना अली, निरज सर्राफ, सर्फराज मन्सुर, राहुल शेख, सागर गुप्ता, प्रमेश्वर साह र सर्फराज मण्डल लगायत सात जनालाई पक्राउ गरेको छ।

मण्डलको शव कलैया अस्पतालमा पोस्टमार्टम भइरहेको छ। घटनास्थलको सिसिटिभी फुटेज संकलन गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *