Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २९ गते ।

नेपाल तथा भारतमा डकैती, चोरी, लुटपाट र अपहरण जस्ता गम्भीर आपराधिक घटनामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्क नारायण माझीलाई महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा लामो समयदेखि फरार थिए। उनलाई प्रहरीले माघ २५ गते मोरङ ग्रामथान गाउँपालिका–२ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याएको थियो।

पक्राउ परेका माझीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै माघ २८ गते जिल्ला अदालत महोत्तरीमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!