Samajik Feed – News Portal from Nepal

भन्सार छलेर भारतबाट ल्याउँदै गरेको २१ लाखको सामान सहित महोत्तरीबाट ६ जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २ गते । लाखौं मूल्य बराबरको भन्सार छलीको सामानसहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीकै गौशाला नगरपालिका २ बस्ने ३० वर्षीय अताबुल राईन, रेडक्रस टोल बस्ने २८ वर्षीय अस्लम बैठा धोवी, ३५ वर्षीय बिपिनकुमार चौधरी, सम्सी गाउँपालिका ६ बस्ने २१ वर्षीय श्याम साह, वडा नम्बर ७ बस्ने […]

धनुषामा मृत फेला परेका राधेकी श्रीमतीको मृत्यु

सामाजिक फीडजनकपुरधाम, माघ २ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियामा मृत फेला परेका २२ वर्षीय राधे सहनीका श्रीमतीको पनि गए राति उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते राधेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राधे सोमबार बिहान पकडिया […]

भारतीय गाडीलाई नेपाली नम्बर प्लेट बनाएर बेच्ने र चलाउने गिरोहको पर्दाफास, यसरी चलाउँथे धन्धा

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । धनुषा प्रहरीले भारतबाट भन्सार छली तथा चोरी गरेर ल्याएको गाडीमा गैर कानुनी रुपमा नेपाली नम्बर प्लेट लगाउने र चलाउने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी चारवटा गाडी सहित गिरोहका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । भन्सार चोरी निकासीमा संलग्नहरुले […]

तीजना सवार मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, सवार भएका दुई जना फरार

समाजिक फीड जनकपुरधाम पुस २९ गते । मोटरसाइकल दुर्घटनामा पर्सामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरीया नगरपालिका–१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा तीनजना सवार थिए । सखुवा प्रसौनी गाउँपालिका–५ पटनिस्थित बाटोमा ना १० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा […]

११ करोडमा बनिरहेको स्वास्थ्य केन्द्रको भवनमा गुणस्तरहीन काम भएपछि स्थानीयले रोके काम

समाजिक फीड रौतहट, पुस २९ गते । रौतहट जिल्ला स्थित एक प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनमा गुणस्तरहीन काम भएको भन्दै थप निर्माणमा रोक लगाइएको छ । कटहरिया स्थित रहेको स्वास्थ्य केन्द्रको १५ बेडको भवनको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै थपकाम गर्न पुर्व मेयर सियाराम कुशवाहा सहित स्थानीयले रोकका हुन् । संघीय सरकारको १९ करोड ७५ […]

महोत्तरीमा अवैध उत्खनन गर्ने टिपर र स्काइभेटर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । महोत्तरीको रातु खोलामा अवैध उत्खन्न गर्ने टिपर र स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका ७ रातु खोलामा अबैध रुपमा ढुङगा,गिट्टी, उत्खनन गरी लोड गरेर लाँदै गरेको अवस्थामा शुक्रबार साँझ साढे ५ बजेको समयमा टिपर र स्काइभेटर नियन्त्रणमा लिएको हो । स्टोक प्रमाणित नरहेकोले ना २ क २३८ […]

महोत्तरीमा लाखौँको लुटपाट, दुई महिला घाइते

समाजिक फीडमहोत्तरी, पुस २७ महोत्तरीको मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलमा लाखौंको धनमाल लुटपाट भएको छ । गएराति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । पीडितका अनुसार आठ÷नौ […]

मधेस प्रदेशमा मधेस क्रिकेट लिग हुने

समाजिक फीड जनकपुरधाम ,पुस २७ मधेस प्रदेश क्रिकेट संघले मधेश क्रिकेट लिग र मधेश प्रदेश स्तरीय बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघको बैठकले गरेको विभिन्न ६ बुँदे निर्णय शुक्रबार सार्वजनिक गरेको छ । संघले मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतको लागि पवन दासलाई चयन गर्ने निर्णय गरेको छ । यस्तै, अनिल चौगाईको संयोजकत्वमा […]

महोत्तरीमा दुई कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

सामाजिक फीड-महोत्तरी, पुस २६ गते । महोत्तरी प्रहरीले गौशालामा दुई कठ्ठा गाँजा खेती नष्ट गरेको छ ।गौशाला नगरपालिका ११ लक्ष्मीनिया टोल स्थित उखु खेतको बीचमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । विशेष सुराकीको आधारमा उखु खेतको बिच लगाएको गाँजा खेती कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार नष्ट गरेको हो । […]

जलाद खोलाबाट अवैध रुपमा बालुवा–गिट्टी ओसार्ने ७ वटा टयाक्टर प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, पुस २६ गते । धनुषाको जलाद खोलाबाट अवैध रुपमा गिटी–बालुवा उत्खनन गरी ढुवानी गरिरहेको ७ वटा टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिका–४ स्थित जलाद खोलामा अनुमति बिना नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती टयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको गस्ती टोलिले […]

error: Content is protected !!