सामाजिक फीड-
जनकपुरधाम, असोज ३ गते ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्युु भएको छ ।
बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका–५, मा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार साँझ ७ बजेतिर बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलले ठक्करबाट पैदलयात्रु स्थानीय ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो ।
वृद्धलाई ठक्कर दिने मोटरसाइकल र चालक पर्सा गाउँपालिका–५, का २४ वर्षीय श्रवणकुमार साह प्रहरी नियन्त्रणमा रहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।