सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।
पर्सा जिल्लाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। पोखरिया नगरपालिका–७, जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा लुकाइ राखिएको अवस्थामा चरेस फेला परेको हो।
सशस्त्र प्रहरी बल विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले कालो झोलामा राखेर लुकाइएको अवस्थामा १९ किलो १२६ ग्राम चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद चरेसलाई आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।