Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, असोज ५ गते ।

रौतहट प्रहरीले काउली बोकेको पिकअप भ्यानमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरीको गस्ती टोलीले भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटेको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।
मोतीपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीलाई देख्ने बित्तिकै गाडी चालक फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको डीएसपी कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *