सामाजिक फीड
जनकपुरधाम, असोज ३ गते ।
सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा लुकाइ राखिएको लागूऔषध गाँजा बरामद गरेको छ। विदेह नगरपालिका–३ स्थित गोबराहीको बाँसघारीमा लुकाइएको ८३५ किलोग्राम गाँजा फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा, सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमान्डमा खटिएको २७ जनाको टोलीले आज दिउँसो उक्त गाँजा बरामद गरेको हो।
सूचना अधिकारी एसएसपी अशोक बमका अनुसार, बरामद गरिएको गाँजा गोबराहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको एक टहरोमा लुकाइ राखिएको अवस्थामा फेला परेको हो।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।