Samajik Feed – News Portal from Nepal

गौरको करदाता सेवा कार्यालय सिमरा सार्न लाग्दा घेरे स्थानीय

सामाजिक फीड-जनकपुरधाम, फागुन १  गते  रौतहटको गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा कर कार्यालय लैजान लागेपछि स्थानीयले घेरेका छन् । शुक्रबार स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् । सरकारले करदाता सेवा कार्यालय खारेज गदै स्थायी लेखा नम्बर पालिकाबाटै वितरण हुने निर्णय गरेपछि गौरस्थित करदाता सेवा कार्यालयको […]

मधेस प्रदेश: नक्कली नोटसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १  गते  रौतहट प्रहरीले नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ गरेको छ । बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। प्रहरीले वृन्दावन २ विश्रामपुरका […]

महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते  महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेकी छन् । प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार […]

जनकपुरमा मृत फेला परेकी युवती नर्स, हत्या भएको आशंका

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते  जनकपुरधाम उपमहानगरपालिकामा मृत अवस्थामा फेला परेकी युवती नर्स रहेको खुलेको छ । जनकपुरधाम १७ मा मूल सडक भन्दा ५० मिटर भित्रको गोरेटो वाटोमा फेला परेको शव धनुषाको विदेह नगरपालिका घर भई जनकपुरधामको मुर्ली चौकमा रहँदै आएकी २२ वर्षीया अविवाहित नर्स रहेको खुलेको छ । स्थानीयबासिले बुधबार बिहान सडक किनारमा शव देखेपछि […]

कार्यसम्पादन मूल्यांकनमा कमजोर मधेस प्रदेशको स्थानीय तह

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते  कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहले कम अंक पाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा मधेसका अधिकांश स्थानीय तह कमजोर देखिएको छ ।धनुषाको धनौजी गाउँपालिको ३१.८१ अंक पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक, सर्लाहीको […]

जनकपुरधाममा अख्तियारको ३५ औँ वार्षिकोत्सव मनाइयो

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते  मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास गर्न जरुरी रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोगको बर्दिबास कार्यालयले जनकपुरधाममा आयोजना गरेको समारोहमा बोल्दै प्रदेश प्रमुख कर्णले अख्तियारको दुरुपयोग रोक्नका आयोगले खेलेको भूमिकाको सराहना गर्दै मुलुकमा सुशासन तथा […]

जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते  जनकपुरधाममा आज बिहान एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । प्रहरी उपरीक्षक कुँवरका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो ।घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको […]

धनुषा ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झाले गरे  रास्वपामा प्रवेश,मनिष झालाई समर्थन

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते  धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार मनिष झालाई समर्थन गर्दै पार्टीमा प्रवेश गर्न लागेका छन्। राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्षसमेत रहेका झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको र अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर रहेकाले आफ्नो तर्फबाट […]

कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवको निधन, शीर्ष नेताद्वारा श्रद्धाञ्जली

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । मस्तिष्क घातबाट निधन भएको नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष प्रदीप कुमार यादवप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, […]

सिरहा कारागार रातभर अशान्त

सामाजिक फीड-जनकपुरधाम, माघ २७  गते । सिरहा कारागारबाट पेस्तोल, गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि उत्पन्न विवाद अझै मत्थर हुन सकेको छैन । २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था शान्त हुन सकेको छैन ।गोप्य सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक […]