Samajik Feed – News Portal from Nepal

धनुषाको सबैला र गणेशमान चारनाथमा ३८६ जना विपन्न परिवारलाई कम्बल वितरण

समाजिक फीड जनकपुरधाम, माघ १२ गते । मधेश प्रदेश सरकारले जाडो छल्न उपलब्ध न्यानो कम्बल धनुषा जिल्ला विपद व्यवस्थापन समितीले विपन्न परिवारलाई वितरण गरेको छ । सबैला र गणेशमानचारनाथ नगरपालिकाको विभिन्न वडामा ३८६ गरिब तथा विपन्न परिवारलाई समितीले कम्बल बाँडेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन […]

भन्सार छलेर ल्याइएको १९ हजार किलो प्याज प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, माघ १० गते । भारतबाट भन्सार छली गरेर ल्याएको १९ हजार किलोभन्दा बढी प्याज महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका– ३ स्थित विपी राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा इलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले प्याज र २ सय बोरा सिमेन्ट प्रहरीले नियन्त्रणमा लिएको हो । […]

महोत्तरीमा सालनाल सहितको शिशु मृत अवस्थामा फेला

समाजिक फीड जनकपुरधाम, माघ १० गते । महोत्तरीमा सालनाल सहित नवजात शिशु मृत फेला परेको छ । पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकको पोखरीमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको हो। शिशुको लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए । उनका अनुसार पहिचान नखुलेको […]

राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वरमा १००१ साधुशन्तको भण्डारा सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । अयोध्यमा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा एक हजार एक साधुशन्तको भण्डारा सम्पन्न भएको छ । नेपाल सनातन धर्म संरक्षण समिति बटेश्वर गाउँपालिकाले एक हजार एक साधुशन्तको भण्डारा मंगलबार सम्पन्न गरेको हो । सोमबार राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बटेश्वर गाउँपालिका ४ बटेश्वर बजार स्थित सीताराम नामको २४ […]

सिरहामा बञ्चरो प्रहार गरी देवरले गरे भाउजूको हत्या

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । सिराहामा लागूऔषध सेवकर्ता देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाकी ३२ वर्षीया तञ्जिला खातुनको हत्या भएको हो । २५ वर्षीय मो. जियाउल राइनले जेठी भाउजू तञ्जिलामाथि सोमबार बिहान १० बजेतिर घरको आँगनमा बञ्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार हातेकलबाट पानी थापेर […]

नापी सर्वेक्षक यादवसहित तीनजना अढाई लाख रुपैयाँ घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । मंगलबार स्टिङ अपरेसनमा कार्यालयका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । नापी कार्यालय […]

बाराबाट अबैध ५३ तोला चाँदी सहित दुई जना पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ ९ गते । बारा प्रहरीले अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेका छन । ५३ तोला चाँदी सहित जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा चेक जाँचको क्रमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने गुजराज विक र इटहरी नगरपालिका–३ बस्ने बद्री विक रहेका […]

धनुषाको एक सुकुम्बासी बस्तीका १० जनालाई एकैसाथ नागरिकता

सामाजिक फीड- जनकपुरधाम, माघ ९ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार बस्तीका १० जनलाई नागरिकता प्रदान गरेको हो । विपन्नता र अशिक्षाको कारण लामो समयदेखि उनीहरु नागरिकताबाट बञ्चित थिए । बस्तीकै मोतिलाल सदा ४८ वर्षमा नागरिकता पाएका हुन् […]

रामको ससुराली जनकपुरमा प्राणप्रतिष्ठाको उल्लास, बेलुकी साबा लाख दीप प्रज्वलन हुने

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । भारतको अयोध्यामा निर्मित राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधाम उल्लासमय बनेको छ । रामको ससुराली जनकपुरमा सोमबार बिहानैदेखि चोक–चोकमा राम धुन गुञ्जिरहेको छ मठ मन्दिरहरुमा भजनकिर्तन भइरहेको छ । जानकी मन्दिरमा श्रदालुको भिड लाग्दैछ । जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा फहराइएको छ । । जानकी […]

मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला

समाजिक फीड जनकपुरधाम , माघ ७ गते मधेश कृषि विश्वविद्यालयमा सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् । विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् । ‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने […]