Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, असोज १२ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीलाई अगामी असोज २० गतेभित्र कारागार फर्कन चेतावनी दिएको छ ।

कार्यालयले आइतबार सूचना जारी गर्दै २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीलाई असोज २० गतेभित्र कारागारमा उपस्थित नभए कारबाही गर्ने चेतावनी दिएको हो ।

कैदीबन्दी फिर्ता नभएमा लागू कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा फरार कैदीलाई फिर्ता ल्याउने कार्य भइरहेको जनाइएको छ।

कैदीबन्दीसम्बन्धी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको सम्पर्क नम्बर ०४६–५२०१४१ मा सम्पर्क गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *