सामाजिक फीड-
जनकपुरधाम, असोज २१ गते ।
सप्तरीमा पिकअपको ठक्करबाट एक युवकको मृत्युु भएको छ । जिल्लाको खड्क नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा कुखुरा बोकेको पिकअपले ठक्कर दिँदा पैदलयात्री डाक्नेश्वरी नगरपालिका १० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको मृत्यु भएको हो।
गएराति करिब ११ बजेको समयमा बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको नम्बर नखुलेको कुखुरा बोकेको पिकअप गाडीले मण्डललाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीका अनुसार ठक्करबाट युवकको टाउको, छाती र दाहिने हातमा चोट लागि गम्भीर घाइते भएकोमा बोदेबर्साइनमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा उपचारकै क्रममा मंडलको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप र चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएका छन् ।