Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २०  गते 

जनकपुरधाममा दुर्गाको प्रतिमा विसर्जनका क्रममा दुई समुदायबीच भएको विवादपछि पुरानै निर्णयलाई कार्यान्वयन गर्ने सहमति भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२० मा गत शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा र आइतबार हिन्दु र मुस्लिम समुदायबीच भएको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वदलीय बैठकले यसअघि भएका निर्णयहरू पूर्ण रूपमा लागू गर्ने निर्णय गरेको हो।
राजनीतिक दल, दुबै धार्मिक समुदायका अगुवा तथा जनप्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा चार बुँदे सहमति बनेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
बैठकमा २०८२ भदौ १६ र २०७८ कार्तिक २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तेलिया पोखरी विवाद व्यवस्थापनसम्बन्धी भएको बैठकका सबै निर्णयहरूलाई पुनः कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण धर्म समुदाय र राजनीतिक दलहरूले आ–आफ्नो तर्फबाट पहल गर्ने, कुनै पनि व्यक्ति वा समूहले सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्ने र नगर्न दिने प्रतिबद्धता जनाइएको छ।
यस्तै, शुक्रबार र आइतबारका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न सहयोग गर्ने सहमति पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *