समाजिक फीड
जनकपुरधाम, असोज २३ गते ।
जनकपुरधाममा किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको प्रहरीले जनाएका छन् ।
प्रहरीले उनलाई गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।
पीडित किशोरीलाई सेफ हाउसमा राखिएको छ ।
दीपकले झापाको दमककी १७ वर्षीया किशोरीलाई फकाइ जनकपुरधाम बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दीपकले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्वीरहरू राखेको पाइएको छ ।