Samajik Feed – News Portal from Nepal

भारतको रक्सौलबाट काठमाडौंसम्मको रेलमार्गकोडिपिआर तयार, कहिलेदेखि चल्छ रेल ?

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । भारत सरकारले रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) र विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेको छ।भारतीय रेलमन्त्रीले सो परियोजनाको फाइनल लोकेसन सर्भे र डीपीआर तयार भइसकेको जानकारी दिएका हुन्। उनले मार्च २० अर्थात चैत ६ गते सम्बोधन गर्दै रक्सौलदेखि काठमाडौंसम्म प्रस्तावित नयाँ रेलमार्गको अध्ययन सम्पन्न भएको बताएका थिए। उनका अनुसार भारतको […]

तराई मधेसमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, चैत १० गते । जनकपुरसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा व्रतालुले चैती छठको सन्ध्या अर्घ्य दिदै छन । आज साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्य घरनजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्दै छन् । नयाँनयाँ बस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्री राखिएको बासको ढकिया टाउकोमा बोकेर […]

सिरहामा मानव बेचबिखन र यौनधन्दा सञ्चालनमा संलग्न ८ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १० गते । सिरहामा मानव बेचबिखन तथा ओसारपसारसँगै यौनधन्दा सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार पहिलो घटना लहान नगरपालिका–८ को हो । यहाँ बसोबास गर्ने दिलीप साह […]

धनुषामा नालीमा भेटियो अन्दाजी ७० वर्षीय पुरुषको शव

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा करिब ७० वर्षका एक पुरुषको शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। उक्त शव बुधबार नालीमा फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। फाएजा फहमीदाफाएजा फहमीदा […]

आमाको नामबाट नागरिकता : पर्सामा ३३ जनाले पाए अधिकार

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि हालसम्म आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको छ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि बुबाको पहिचान नखुलेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिने प्रावधान कार्यान्वयनमा आएको हो। सोही आधारमा कार्यालयले आवश्यक मापदण्ड पूरा गरेका नागरिकताविहीन व्यक्तिलाई नागरिकता वितरण सुरु […]

स्कुल बसको ठक्करबाट २ वर्षीय बच्चाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बच्चाको ज्यान गएको छ। आज बिहान करिब ९ बजे बागमती नगरपालिका-२ टावर नजिक भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार […]

मधेस प्रदेश सरकारले आगामी आवमा ७ अर्ब ८४ करोड वित्तीय समानीकरण अनुदान पाउने

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३र८४ मा स्थानीय र प्रदेश सरकारलाई वित्तीय समानीकरण अनुदान दिन सिफारिस गरेको छ ।जसअनुसार प्रदेश र स्थानीय तहले कुल १ खर्ब ५१ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबर वित्तीय समानीकरण अनुदान पाउने भएका छन् । आयोगका अनुसार आगामी आव ७ […]

सर्लाहीमा अर्धनग्न बनाएर युवकलाई सामुहिक कुटपिट, एक जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । सर्लाहीमा युवकलाई सामुहिक कुटपिट गर्ने एकजना पक्राउ परेका छन् । कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फन पार्कमा फागुन २३ गते साँझ करिब ४ बजेको समयमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादवमाथि अर्धनग्न बनाएर सामुहिक कुटपिट भएको थियो । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ […]

कांग्रेसको समानुपातिक सूचीमा नेताका आफन्तको बाहुल्यता, गगनको ससुरादेखि निधिको भान्जीसम्म

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाउने सांसदहरूको सूचीमा नेताका परिवार र आफन्तलाई प्राथमिकता दिइएको छ । पार्टीले प्राप्त गरेको २० सिटमध्ये धेरैजसोमा नेतासँग नजिक सम्बन्ध भएका व्यक्तिहरू परेका छन्।तत्कालीन सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा वर्तमान सभापति गगन थापाको नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले आइतबार १५ महिला र […]

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । सर्लाहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको कविलासी नगरपालिका ८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले स्थानीय साइकलयात्री ६५ वर्षीय राम नरेश महतोलाई ठक्क दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय […]