Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेठ ४  गते ।

देशभरको अनुपातमा मधेस प्रदेशमा सबैभन्दा धेरै एचाआइभी संक्रमित रहेको पाइएको छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशमा एचआईभी संक्रमण पुष्टिको औसत दर ०।६ देखिएको हो। जबकि यसको राष्ट्रिय दर ०.५ प्रतिशत छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी राजवीर यादवका अनुसार एचआईभी संक्रमण दर देशभरको भन्दा प्रदेशको बढी देखिनु गम्भीर चिन्ताको विषय हो । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा एचआइभीरएड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा धेरै देखिएको हो । निर्देशनालयका अनुसार पर्सामा एक हजार ५०४ जना सङ्क्रमित छन् भने प्रदेशभर चार हजार ६८० जना एआरटी उपचारमा रहेका छन् । धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् ।

निर्देशनालयका एचआइभीरएड्स फोकल पर्सन यादवका अनुसार आर्थिक वर्ष २०७६र७७ मा १४ हजार जनामा गरिएको परीक्षण बढेर २०८१र८२ मा ७६ हजार ७९२ पुगेको छ । चालु आर्थिक वर्षमा १६ गर्भवती महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिका एचआइभी सङ्क्रमित छन् । तीमध्ये २० जना पूर्ण अनाथ रहेका छन् । स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषध प्रयोग तथा असुरक्षित यौन सम्पर्कलाई सङ्क्रमण फैलिनुको मुख्य कारण मानेका छन् ।
भारतसँगको खुला सीमा, वैदेशिक रोजगारी, सुरक्षित यौन व्यवहारबारे पर्याप्त चेतनाको अभाव, परीक्षणप्रति रहेको डर तथा सामाजिक विभेदजस्ता कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
अझै पनि धेरै मानिस एचआईभी परीक्षण गराउन हिचकिचाउने र संक्रमण पुष्टि भएपछि पनि नियमित उपचारमा नआउने समस्या रहेको उनीहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *