सामाजिक फीड–
जनकपुरधाम, वैशाख ३० गते ।
मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एकजनालाई पक्राउ गरेको छ । प्रहरी र अदालत मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको घटनामा जिल्लाको गोलबजारका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजारका राकेश साह रहेका छन् ।
उनलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गोलबजारका अजय साहले आफूसँग राकेशले बैंकिङ कसुरलगायतका मुद्दा मिलाइदिने भनेर ६ लाख रुपैयाँ लिएको तर काम नगराई ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएका थिए । त्यही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।