Samajik Feed – News Portal from Nepal

महोत्तरीबाट २३५ किलो गाँजा बरामद, मिनीट्रक र चालक नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । महोत्तरीको बर्दिबासबाट प्रहरीले २३५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । बर्दिबास नगरपालिका ३ गौरीडाडाबाट गाँजासहित मिनिट्रक र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । सोमबार साँझ पौने ७ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो मिनिट्रक जाँचका क्रममा गाँजा फेला परेको हो […]

महोत्तरीमा तीन वर्षीया बालिका बलात्कृत

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ मा तीन वर्षीया बालिका आफन्तबाट बलात्कृत भएकी छन् । प्रहरीले दिएको जानकारी अनुसार, आफन्तले खेलाउन लगेकी बालिकालाई घरमै बलात्कार गरेको खुलेको छ । घटनापछि गम्भीर अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । आइतबार दिउँसो २ बजे घटना भएको […]

सर्लाहीका राहुलको हत्या आरोपमा ६ जना पक्राउ

सामाजिक फीड– काठमाडौं, चैत १८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय विजय यादव, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय करन कुमार महतो, गोकर्णेश्वर नगरपालिका–५ का २३ वर्षीय जोधन मण्डल, […]

मुख्यमन्त्री सिंहद्वारा मिर्चैयाको १४ निजी अस्पतालको अनुगमन, १३ वटा बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, चैत १६गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा सिरहाको मिर्चेया नगरपालिकामा रहेका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको अनुगमन गरिएको छ। अनुगमनपछि १३ वटा स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गराइएको छ। मुख्यमन्त्री सिंहसहितको टोली शनिबार मिर्चैया पुगेपछि स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिएका आठवटा अस्पताल र पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मीहरू फरार […]

अवैध अस्पतालको बदमासीले कोमामा बबिताः नत उपचारमा सहयोग, न लापरबाही गर्नेलाई कारबाही

सामाजिक फीड-जनकपुरधाम, चैत १४ गते । जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिता कुमारी यादव अझै होस फर्किएको छैन । माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा बबिताको उपचार जारी छ । चिकित्सकहरूले उनको अवस्था सुधारोन्मुख रहेको बताएका छन्, तर होस भने फर्किएको छैन । बबिताका श्रीमान् अंगेशकुमार यादवले आर्थिक […]

दलितको घर भत्काएको आरोपमा पालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई तीन दिनको म्याद थप

सामाजिक फीड-जनकपुरधाम, चैत १४ गते । सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत सिरहाले म्याद थप गरेको छ। प्रहरीका अनुसार, उनीहरूलाई दोस्रो पटक म्याद थप गर्दै अदालतले थप अनुसन्धानका लागि अनुमति दिएको हो। प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र पासवानका अनुसार, महायज्ञको […]

जनकपुरका होटलमा बासी र म्याद गुज्रेका सामग्री फेला, जफत गरी नष्ट

सामाजिक फीड-जनकपुरधाम, चैत ११ गते । जनकपुरका केही प्रतिष्ठित होटलमा बासी तथा म्याद गुज्रेका खाद्य सामग्री प्रयोग गरिएको पाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अशुद्ध सामग्री फेला परेको हो। आइतबार राति मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण […]

विष्णु महायज्ञको नाममा पालिका अध्यक्षले भत्काए डोमको घर, अछुत भन्दै माटो फालियो

टुडेपाटी-जनकपुरधाम, चैत ७ गते । विष्णु महायज्ञको नाममा सिरहाको औरही गाउँपालिका–५ मा एक डोम परिवारको घर भत्काइएको छ । पीडित परिवारका अनुसार जातीय भेदभावकै कारण आगामी चैत १७ गतेबाट सुरु हुने श्री श्री १०८ विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको हो । औरही गाउँपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा फागुन १० […]

रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

सामाजिक फीड-रौतहट, चैत ६ गते । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाइ अन्याय गरेको उनी […]

धनुषामा चार दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

सामाजिक फीड– जनकपुरधाम, चैत ५ गते । धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला परेको छ। मिथिला नगरपालिका–८, जमुनिवासका ३३ वर्षीय नारायण घिसिङ्को शव स्थानीय इनारभित्र भेटिएको हो। प्रहरीलाई सोमबार साँझ इनारबाट दुर्गन्ध आउन थालेको सूचना प्राप्त भएपछि खोजी गरिएको थियो। टर्चबालेर हेर्दा इनारभित्र खुट्टा देखिएपछि प्रहरीले शव रहेको पुष्टि गर्यो। सशस्त्र प्रहरीको […]