Samajik Feed – News Portal from Nepal

रौतहटका पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरभित्रै झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायका अनुसार गम्भीर अवस्थामा उनलाई उद्धार गरी परिवारका सदस्यले स्थानीय स्वास्थ्य चौकी […]

जनकपुरधाम ११ का वडाध्यक्ष चौधरी धनुषा प्रहरीको नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, साउन २ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो । तर प्रहरीले पक्राउको अन्य कारण भने खुलाएको […]

सडक निर्माणको लागि खनेको खाल्डोमा डुबेर बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असार ३२ गते । सर्लाहीमा सडक निर्माणको खनेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर […]

सर्लाहीमा पिकअप र मोटरसाइकल ठोकिँदा पाँचजना घाइते

सामाजिक फीड-जनकपुरधाम, असार ३० गते। सर्लाहीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा दुई नेपाली सेनासहित पाँचजना घाइते भएका छन् । आज बिहान पौने ११ बजेतिर ईश्वरपुर नगरपालिका–१२ र १३ को सीमामा, बाँकेस्थित रेल्वे ट्रयाक नजिक भएको हो । प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको पिकअप एकआपसमा ठोक्किएपछि दुबै गाडीमा […]

टिकटकमा अभद्र गालीगलोज गर्ने जनकपुरका एक युवती पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार २९ गते । सामाजिक सञ्जल टिकटकमा अभद्र गालीगलौज गरेको आरोपमा जनकपुरबाट एक युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर उप–महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी अं.वर्ष २० की रोशनी खातुन छन् । उनलाई आजै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलिले पक्राउ गरेको हो ।टिकटकमा अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले […]

सिरहामा भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्रीको मृत्यु

सामाजिक फीड– जनकपुरधाम, असार २७ गते । सिराहामा भारतीय नम्बरको कारको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत जयनगर थाना बेलापूर्वी पंचायत-७ बस्ने ४० वर्षीय प्रमेश्वर यादव छन् । शुक्रबार बिहान सिरहा नगरपालिका-१७ स्थित सडकमा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट  उनी गम्भीर घाइते भएका थिए । कारको ठक्करबाट गम्भीर घाइते […]

जनकपुरमा छुरा प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । जनकपुरमा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ छन् । उनले गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको छुरा प्रहार गरी हत्या आरोप अभियोग छ । […]

हँसपुर नगरपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, जनकपुरधाम — धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, उपप्रमुख रेणु देवी झाला लगायत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मुद्दा सोमबार दायर गरिएको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी […]

महोत्तरीमा ११ हजार भोल्टको तार खसेर करेन्ट लाग्दा युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २२ गते। महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुडिएर खस्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् । औरही नगरपालिका वडा नं ७ भोयल टिमकिया स्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका उनको जिउमा माथिबाट ११ हजार भोल्टको […]

जनकपुरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय उदघाटन

सामाजिक फीडजनकपुरधाम, असार २१ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरमा स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको कार्यालयको एक समारोहबीच महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले उदघाटन गरेका हुन् । कार्यालय व्यवस्थापनमा भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायत सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर […]