Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २३ गते ।

जिल्ला प्रशासन कार्यालय, सिराहाले राष्ट्रिय परिचयपत्र बनाउने समय तालिकामा परिवर्तन गरेको छ। सेवाग्राहीको अत्यधिक भीडका कारण अब यो सेवा बिहान ७ बजेबाट सुरु हुने भएको छ।

दसैँ मनाउन घर फर्किएका नागरिकहरू राष्ट्रिय परिचयपत्र बनाउन कार्यालय पुग्दा भीड बढेपछि समय परिवर्तन गरिएको हो।

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार अहिले दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउने गरेका छन्, जुन अघिल्लो अवधिको तुलनामा दोब्बर हो।

उनले जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि नयाँ समय तालिका लागू रहने उल्लेख गरिएको छ। साथै, सेवाग्राहीहरूलाई समयमै उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *