Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २३ गते ।

सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्युु भएको छ । जिल्लाको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पदंशका कारण स्थानीय रवीन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो ।

बुधबार दिउँसो महिलालाई गोमन सर्पले टोक्दा परिवारका सदस्यले उनलाई नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए।
तर अवस्था गम्भीर बन्दै गएपछि मात्रै परिवारले नयनदेवीलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याएका थिए। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषित गरे। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार मृत अवस्थामा ल्याइएकी महिलालाई एन्टीस्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) दिन सम्भव नभएको बताए।

अस्पतालले मृत घोषणा गरे पनि परिवारका सदस्यले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए। उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान सल्लाह दिइएको थियो।

उनका अनुसार अत्यन्त विषालु हुने गोमन सर्पको टोकाइपछि तत्काल अस्पताल नपुगी झारफुकमा समय खर्चिँदा नयनदेवीको ज्यान गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *