Samajik Feed – News Portal from Nepal

सिराहामा अटोको ठक्करबाट युवकको मृत्यु, स्थानीयको विरोधमा सडक अवरुद्ध

सामाजिक फीड-२० गते जनकपुरधाम सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको बुधबार साँझ अटोको ठक्करबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन्। चोहर्वा-सिराहा सडक खण्डको भलुवाही चौकमा पैदल हिँडिरहेका कामतलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिएको थियो। घटनास्थलमै कामतको मृत्यु भएपछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। स्थानीयले अटो […]

सीताराम विवाहपञ्चमी र बाराको गढी माई मेलाका लागि विशेष सुरक्षा बैठक सम्पन्न

सामाजिक फीड-१८ गते जनकपुरधाम मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सव र बाराको गढी माई मेलालाई केन्द्रमा राखी प्रदेशस्तरीय विशेष सुरक्षा बैठक सम्पन्न गरेको छ। सोमबार जनकपुरधाममा आयोजित बैठकमा विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषयमा छलफल भएको छ। पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने भएकाले यसपटक थप […]

अहिलेसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपुर्ण

सामाजिक फीड-१६ गते जनकपुरधाम स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस तीन घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ । नगरपालिका […]

जनकपुरको पुरानो पर्खालमा सांस्कृतिक रङहरू

सामाजिक फीड-१३ गते जनकपुरधाम जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ। पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० […]

मुख्यमन्त्री सिंह: “मधेश प्रदेशमा विकासको सम्भावना प्रचुर, तर सही सदुपयोगको अभाव”

सामाजिक फीड-१२ गते जनकपुरधाम मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासका प्रचुर सम्भावनाहरू भए पनि तिनको सही सदुपयोग र व्यवस्थापनको अभावले प्रदेशको आर्थिक विकासमा बाधा पुगिरहेको बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजित ‘प्रभावकारी र द्रुत सेवाका लागि बहुसरोकारवालाहरू संग कार्यशाला गोष्ठी’मा उनले योजनाहरू समयमा सम्पन्न नहुनु प्रदेशको विकासको प्रमुख चुनौती रहेको उल्लेख गरे। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय […]

जनकपुरधाममा अतिक्रमित सार्वजनिक बाटो खाली गराइयो

सामाजिक फीड-१२ गते जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाले हनुमान चलचित्र मन्दिरदेखि जिल्ला अदालतसम्म जाने सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएका घरटहरा र पार्किंग भत्काएको छ। मंगलबार नगर प्रहरीले मोडल मल्टिपल कलेजले सडक अतिक्रमण गरी बनाएको घेराबार, घरटहरा र पार्किंग संरचनाहरू हटाएको हो। जनकपुरधाम–४ स्थित उक्त कलेजले सडक कब्जा गरेर बनाएको पार्किंग स्थल हटाउन उपमहानगरपालिकाले सूचना जारी गरेको थियो। […]

सप्तरीको मुतनी खोलामा बन्न लागेको आठवर्षमा पनि पुल अधुरै

रासस-प्तरी, मंसिर १२ गते । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खङ्गले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने […]

रासायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन सुरु

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल उत्पादनका लागि कारखाना स्थापनाको सम्भाव्यता अध्ययन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिक टोलीले वार्षिक दुई लाख टन मल उत्पादन गर्ने क्षमताको कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालेको हो। गाउँपालिका र केयूबीचको समझदारीअनुसार अध्ययनका क्रममा आवश्यक कच्चा पदार्थ, जस्तै हाइड्रोजन, नाइट्रोजन, र कार्बन […]

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुखसहित ४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

सामाजिक फीड- ११ मंसिर जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासन प्रमुख जितेन्द्र यादवसहित चारजनालाई ठगी तथा सरकारी छाप र दस्तखत किर्ते प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ। परिषद्का प्रमुख यादव, पूर्वनिर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, र जिन्सी शाखा प्रमुख मदन चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको […]

जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि खुल्ने

सामाजिक फीड ,जनकपुरधाम मङ्सिर १० विगत एक हप्ताभन्दा बढी समयदेखि बन्द रहेका जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि सञ्चालन हुने भएका छन्।जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा सोमबार बसेको वृहत् बैठकले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने सहमति गरेको हो। संघका सचिव नरेन्द्र बिक्रम साहका अनुसार छात्रवृत्तिको विषयलाई समाधान गर्न एक महिनाभित्र समिति गठन गर्ने निर्णय भएको छ।सचिव साहले जनकपुरधाम […]

error: Content is protected !!