Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १
८  गते ।

सर्लाहीमा रहेको सागरनाथ वन विकास परियोजनाको कर्मचारी संगठनको प्रारम्भिक कार्य समिति भंग गरिएको छ ।
संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार भंग गरिएको हो । राजनीतिक ट्रेड युनियनहरू भंग गर्ने मन्त्रीपरिषद्बाट निर्णय भएपछि समितिको उक्त निर्णयको स्वागत गर्दै चैत १६ गतेदेखि लागु हुने गरी समिति भंग गरेको जनाइएको हो ।

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको सयबुँदे शासकीय सुधारसम्बन्धी कार्यसूचीमध्ये खण्ड ‘ख’ अन्तर्गत उल्लिखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता शीर्षकको बुँदा नं १२ मा उल्लेख भएबमोजिम दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरिएको परियोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

समितिका सचिव युवराज कार्की र कार्यवाहक अध्यक्ष प्रदीप अर्यालले हस्ताक्षर गरेको सूचनामा सम्बन्धित सबैलाई खारेज सम्बन्धि जानकारी गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *