Samajik Feed – News Portal from Nepal

जनकपुरधाममा पछिल्लो समय चोरीका घटनामा उल्लेखनीय वृद्धि देखिएको छ। हिजो राति शहरका विभिन्न स्थानमा चोरीका घटना भएको जानकारी प्राप्त भएको छ।

रा र बा क्याम्पस नजिकै, एकै क्षेत्रमा रहेका दुई वटा पसलमा चोरी भएको छ। तीमध्ये एउटा किराना पसल र अर्को सिलाइ पसल रहेका छन्। चोरीका क्रममा नगद रकमसहित विभिन्न सामान हराएको बताइएको छ।

यसैगरी, सोही राति अर्को स्थानबाट एउटा मोटरसाइकल समेत चोरी भएको छ। प्राप्त विवरणअनुसार, उक्त मोटरसाइकल मिति २०८२/१२/१५ गते बेलुका करिब ६-७ बजेको बीचमा घर अगाडि, पिडारी चोकबाट करिब ५०-६० मिटर पश्चिमतर्फबाट चोरी भएको हो। चोरी भएको मोटरसाइकलको नम्बर मधेस प्रदेश ०२-००९ प ०६७६ रहेको छ।

लगातार भइरहेका यस्ता घटनाले शहरका व्यापारी तथा सर्वसाधारणमा त्रासको वातावरण सिर्जना गरेको छ। स्थानीयवासीले सुरक्षा व्यवस्था कमजोर भएको गुनासो गर्दै विशेषगरी रातिको समयमा प्रहरी गस्ती बढाउन माग गरेका छन्।

उता प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। साथै, संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *