Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
 १९  गते ।

सर्लाहीमा दुईजना दिदिबहिनी मृत फेला परेकी छन् ।

गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन् ।

दुवै जना आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले बताए । उनका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *