Samajik Feed – News Portal from Nepal

सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ परेका छन्। सिन्धुलीको तीनपाटन गाउँपालिका १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दी बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्बाददातासमेत हुन्। उनले कमलामाई […]

जनकपुरधाममा बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने

सामाजिक फीडजनकपुरधाम , चैत्र ७ गते । जनकपुरधाममा आगामी बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने भएको छ । बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भुप्रसाद साहले प्रतियोगितामा कम्तिमा ३२ वटा पालिका सहभागी हुने जानकारी दिए । न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा […]

मधेसका धेरै भूभागमा वर्षा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते। लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ। कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । बिहानदेखिसिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

वीरगञ्जबाट लागूऔषधसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ६ गते । वीरगञ्जबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट दुईजना र वडा नम्बर १५ को चालीस फिट्टे नजिकैबाट २ जना गरी ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहमा चितवन भरतपुर– १७ शारदानगर बस्ने २४ वर्षका अमित गुरुङ र सोही ठाउँकी २४ वर्षीया सुनिता विक […]

लुटपाट गर्ने योजना बनाउँदै थिए सर्लाही बाट पक्राउ परेका दुईजना डाँका, यसरी प्रहरीले पक्रियो

सामाजिक फीडजनकपुरधाम , चैत्र ६ गते सर्लाही प्रहरीले पक्राउ गरेका भारतका मस्ट वान्टेड दुई जना डाँका आरोपी ७ वटा घटनामा संलग्न भएको खुलेको छ। सोमबार राति सर्लाही प्रहरीले भारत बिहार सीतामढी थाना सैयारा ग्राम बस्ने २८ वर्षीया सन्नी कुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक […]

पर्सामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र ६ गते । पर्साको ठोरीमा जंगलमा घास काट्न गएका बेला बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । आक्रमणबाट ठोरी गाँउपालिका( ४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको कुसुमबाटिका बन उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए । मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला जंगलबाट आएको बाघले आक्रमण […]

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताको मृत्यु

समाजिक फीडजनकपुरधाम, चैत्र ६ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताकोमृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साह छन् । उनी लोसपाका भंगहा-५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् । उनी सबार मधेश प्रदेश ०२(००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर(ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित […]

मधेश प्रदेशमा बढ्न थाले गर्मी

समाजिक फीडजनकपुरधाम, चैत्र ५ गते । मधेश प्रदेशमा केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार जनकपुरको तापक्रम ३५.२ डिग्री सेल्सियस, धरानको […]

मृतक आरतीकी सासु र देवर पक्राउ

सामाजिक फीड-जनपुरधाम, चैत ४ गते । आरती साह मृत्यु प्रकरणमा उनकी सासु पक्राउ परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ७ थापाचोककी ५५ वर्षीया रेणुदेवी साहलाई आइतबार धनुषा प्रहरीले पक्राउ गरेको हो । आरती साह मृत्यु प्रकरणमा जिल्ला अदालतमा चलिरहेको कर्तव्य ज्यान मुद्दामा सासुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनी लामो समयदेखि […]

सिक्सलेन सडकको सपहीमा चक्काजाम

सामाजिक फीडजनकपुरधाम, चैत ३ गते । जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डको सपहीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । सिक्सेलनमा वर्षैदेखि निर्माणधीन पुलले पूर्णता नपाएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि मध्याहन्न १२ बजेसम्मका लागि सडक अवरुद्ध गरेका हुन् । पुलले पूर्णता नपाउँदा आवतजावतमा कठिनाइको साथै धुलो उडेर हैरान पारेको स्थानीयको गुनासो छ ।यथाशीघ्र पुल निर्माणले […]