Samajik Feed – News Portal from Nepal

मोनाष्टिक विद्यालयका विद्यार्थी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी

सामाजिक फीड-जनकपुरधाम, १८ जेठ । जनकपुरको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी भएका छन् । विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय टोली काठमाडौं गएका हुन् । उनीहरु शुक्रबार काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (केआइएमएफएफ) मा सहभागी हुन लागेको जनाएको छ । विद्यार्थीहरू च्याम्पियनिङ यंग फिल्ममेकरहरू […]

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने सहमति

धनुषा, १७ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने […]

आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र […]

मधेश प्रदेशमा अत्यधिक गर्मी: आगामी तीन दिनसम्म तातो हावाको लहरको चेतावनी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते मधेश प्रदेशका जिल्लाहरूमा अत्यधिक गर्मी बढिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन्। तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि […]

बर्दिबासतर्फ आउँदै गरेका सहित ४ वटा सवारी चितवनमा दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १४ गते । चितवनको नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला […]

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, १३ जेठ । जनकपुरधामको देवपुरा रुपैठास्थित पोखरीमा डुबेर दुई बालकको मृत्युभएको छ । जनकपुरधाम–२० देवपुरा रुपैठाका जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानका छोरा ६ वर्षीय आदित्य पासवानको डुबेर मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रेस मञ्च बाराका अध्यक्ष यादव प्रेस युनियनमा प्रवेश

सामाजिक फीड, बारा ११ जेठ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव नेपाली कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनमा प्रवेश गरेका छन् । बाराको सदरमुकाम कलैयामा शुक्रवार आयोजित कार्यक्रममा उनले जसपा नेपालको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए। उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष […]

कैलाश सिरोहियालाई बयान गराइँदै

सामाजिक फीड,काठमाडौँ, ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पूरा भएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसअघि अदालतले दिएको तीन दिनको म्याद आज सकिएको छ । शुक्रबार दोस्रोपटक म्याद लिइनेछ । दोहोरो नागरिकता लिएको […]

रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाखभन्दा बढी राजश्व संकलन

सामाजिक फीड, रौतहट, ९ जेठ । रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले मात्र २२ दिनको अवधिमा ३३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ। गत बैशाख १६ गते देखि यही जेठ ८ गते सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने २८ सय १२ जना सवारी चालकलाई सवारी नियम अनुसार कारबाही गरिएको […]

सिरोहिया जनकपुरका ‘बोनाफाइड’ नेपाली नागरिक रहेको दाबी : विमलेन्द्र निधि

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १० गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेका छन । पार्टीका नेता कार्यकर्ता सहित धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई उनले भेटेका हुन । संचारकर्मीसँग कुराकानी गर्दै नेता निधिले सिरोहियालाई तत्काल रिहा गर्न माग गरेका छन । लोकतान्त्रिक आन्दोलन सँगै मिडियामा समेत उनको […]

error: Content is protected !!