महोत्तरीमा नलकटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । महोत्तरीमा नलकटुवा पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । सशस्त्र प्रहरीले एकडारा गाउँपालिका–४ हलखोरी चोकमा जाँचको क्रममा भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो । महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार बिहार सीतामढी पटदौरा ग्राम पञ्चायत सिराहीपटिका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको हो । कुर्मीले चढेर […]
धनुषामा करेन्ट लागेर महिलाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, मंसिर १८ गते । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनषाधाम नगरपालिका ४ गौरीपुरकी वर्ष ५७ की पारोदेवी महतो रहेकी छिन् ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आज बिहान साढे ८ बजेतिर आफ्नै खेतमा तरकारी टिप्न गएको बेला मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]
मधेशमा सरकारको दावी पेश गर्न सातलीय गठबन्धनको बैठक जारी
सामाजिक फीडजनकपुरधाम, मंसिर १८ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धनको बैठक जारी छ । नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजिनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८९२० बमोजिम शुक्रबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थन सहित मुख्यमन्त्रीको दाबीसहित प्रस्तुत हुन आह्वान गरेको छ […]
बारामा प्रतिबन्धित लागूऔषधसहित भारतीय नागरिक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८ गते । बारामा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य मोतिहारी जिल्ला हरपुर पञ्चायत(१२ का ३२ वर्षीय मोहम्मद इमरानलाई पक्राउ गरिएको हो ।बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बुधबार दिउँसो साढे ३ बजे इमरालाई विश्रामपुपर गाउँपालिका(१ बटमचोकबाट पक्राउ गरिएको बताए।\ इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको […]
पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना

मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै सवारी चालकहरु बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि धर्नामा बसेका छन् । मंगलबारबाट ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै बुधबार दिउँसोदेखि चालकहरूले कार्यालय अगाडि […]
विश्वासको मत जुट्न नसक्ने भएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिन तयारी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने स्थिति स्पस्ट बन्दै गएपछि राजीनामा दिने तयारी गरेका छन्। प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेपछि राजीनामा पेस गर्ने योजना उनले बनाएको बताइन्छ। आज बिहान साढे ८ बजेका लागि निर्धारित प्रदेश सभा बैठक समयमै सुरु हुन नसकेपछि बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित […]
मधेशमा जसपा र कांग्रेसबीच डिल, जितेन्द्र सोनल मुख्यमन्त्री नबन्ने

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसक्ने देखिएपछि एमाले विरुद्ध एक भएका सात दलीय गठबन्धनभित्रै नयाँ मुख्यमन्त्री कसलाई बनाउने विषयमा रस्साकस्सी सुरु भएको छ । सर्वोच्च अदालतको परमादेशपछि आज दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत […]
मुख्यमन्त्री यादव आज साँझ पत्रकार सम्मेलन गर्ने, विश्वासको मत नलिए पदमुक्त हुने खतरा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । सर्वोच्च अदालतको परमादेश जारी भएको २४ घण्टाभित्र विश्वासको मत नलिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले आज साँझ ५:३० बजे आफ्नो सरकारी आवासमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेका छन्। विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे आज दिनभर यादवले पार्टीभित्र र कानुनविदहरूसँग […]
विश्वासको मतका लागि मुख्यमन्त्री यादवले पठाएनन् प्रदेशसभामा पत्र

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । विश्वासको मतका लागि मुख्यमन्त्री यादवले पठाएनन् प्रदेशसभामा पत्र जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि अहिले सम्म प्रदेशसभा सचिवालयमा पत्र पठाएका छैनन् । सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । तर आदेशको १७ घण्टाभन्दा बितिसकेको पनि विश्वासको मत […]
प्रदेशसभामा दुई पटक प्रत्यक्ष निर्वाचित थापा एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । मधेस प्रदेशसभा सदस्य पदमा दुई पटक प्रत्यक्षमा निर्वाचित शारदा देवी थापा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन । एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको हो । सोमबार १० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा ९ जना […]