धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १३ गते । धनुषामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान उनले ज१च ३४३७ ट्याक्टर चलाएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको […]
बाघको आक्रमणबाट महतो गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत १० गते । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिका २ का सुदामा महतो छन् । दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । महतोको घाँटीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते महतोको वीरगञ्जस्थित नारायणी अस्पतालमा […]
पंकज चौधरीलाई धरौटीमा जेलमुक्त गर्न उच्च अदालतको आदेश

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । उच्च अदालत जनकपुरले डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राजिष्टार खडगराज अधिकारीका अनुसार बिहीबार इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको […]
महोत्तरीमा तीनवटा मदिरा भट्टी नष्ट

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । महोत्तरी प्रहरीले तीनवटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ पासी टोल स्थित लालु पासि ,विरेन्द्र पासि र दिलिप चौधरीको घर पछाडी लुकिछिपी रुपमा उत्पादन गरिरहेको मदिरा भट्टी नष्ट गरेको हो । बुधबार दिउँसो गोप्य सूचनाको आधारमा तीनवटै भट्टीमा प्रयोग हुने ड्रम थान १० र […]
डाँका गरेर फरार रहेका चौधरी २० वर्षपछि पक्राउ

जनकपुरधाम,चैत ७ गते । सप्तरीमा डाँका मुद्दाका फरार प्रतिवादी ६५ वर्षीय फुल कुमार चौधरी २० वर्ष पछि पक्राउ परेका छन् । बोदेरबसाईन नगरपालिका ३ का स्थायी बासिन्दा चौधरी २७ जेठ २०५८ सालमा सप्तरीको साबिक फुलकाही गाविस ६ बस्ने सुर्य नारायण पाल समेतको घरमा डकैती गरेको अभियोग छ । सप्तरी जिल्ला अदालतले १० चैत २०७१ मा […]
जिल्ला प्रहरी कार्यालय धनुषामा एक व्यक्ति विष सेवन गरेको अवस्थामा भेटिए

सामाजिक फिडजनकपुरधाम, चैत ६ गते । जिल्ला प्रहरी कार्यायल धनुषामा एक व्यक्ति विष सेवन गरेको अवस्थामा भेटिएका छन् । जनकपुरधाम उपमहागरपालिका ४ का ४५ वर्षीय शैलेन्द्र कर्ण प्रहरी कार्यालय परिसरमै विष सेवन गरेको अवस्थामा सिकिस्त भेटिएका हुन् ।उनी आइतबार साढे ४ बजे भेटिएपछि अस्पताल भर्ना गरिएको हो । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले साढे ४ […]
हवाई फायर गरी १८४ किलो गाँजा बरामद

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । हवाई फायर गरी प्रहरीले सप्तरीबाट १८४ किलो गाँजा बरामद गरेको छ । .सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट इलाका प्रहरी कार्यालय हनुमाननगर कंकालिनीका प्रहरी टोलिले १८४ किलो गाँजा बरामद गरेको हो । शनिबार राति ९ बजे घोडामा बोकेर गाँजा भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलिलाई देखेपछि तस्करहरु […]
धनुषामा छुरा प्रहारबाट एकजना ट्याक्टर चालक गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत ४ गते । धनुषामा एकजना ट्रयाक्टर चालक छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । धनुषाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतो छुरा प्रहारबाट गम्भीर घाइते भएका हुन् । धनुषा प्रहरीका अनुसार शुक्रबार ट्रयाक्टर चालक महतोमाथि बेगाडारस्थित होराइजन स्कुल नजिक पाँचजनाको समूहले छुरा प्रहार गरेका […]
सपहीको विपी विद्यालयका कक्षा ९ र ११ का विद्यार्थीलाई झोला

सामाजिक फिड-जनकपुरधाम, चैत ४ गते । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित रहेको विपी कोइराला माध्यमिक विद्यालयमा कक्षा ९ र ११ का विद्यार्थीलाई झोला वितरण गरिएको छ । शुक्रबार कक्षा ९ का ११४ विद्यार्थीलाई शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले उपलब्ध गराएको ज्योमेट्रीबक्ससहितको झोला वितरण गरिएको प्रधानध्यापक जयकुमार यादवले जानकारी दिए । यस्तै कक्षा ११ का […]
सप्तरीमा दुई पक्षबीच कुटाकुट, तीनजना घाइते

जनकपुरधाम, चैत ३ गते । सप्तरीमा दुईपक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोल बस्ने सुर्य नारायण यादवर र शुभ नारायण यादव पक्षबीच ऐलानी जग्गा जमिनको विषयमा विवाद तथा कुटाकुट भएको हो । घाइते हुनेहरुमा शुभ नारायण पक्षका उनका छोराद्वय वर्ष २० का प्रबेश कुमार यादव र वर्ष १८ का […]