Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत १३ गते ।

धनुषामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान उनले ज१च ३४३७ ट्याक्टर चलाएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

फुयालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!