सामाजिक फिड-
जनकपुरधाम, चैत ९ गते ।
महोत्तरी प्रहरीले तीनवटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ पासी टोल स्थित लालु पासि ,विरेन्द्र पासि र दिलिप चौधरीको घर पछाडी लुकिछिपी रुपमा उत्पादन गरिरहेको मदिरा भट्टी नष्ट गरेको हो ।
बुधबार दिउँसो गोप्य सूचनाको आधारमा तीनवटै भट्टीमा प्रयोग हुने ड्रम थान १० र मदिरा बनाउन प्रयोग हुने २ वटा, कच्चा पदार्थ ४ हजार ५०० लिटर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।