सामाजिक फिड-
जनकपुरधाम, चैत १० गते ।
पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिका २ का सुदामा महतो छन् ।
दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । महतोको घाँटीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते महतोको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।