सामाजिक फिड
जनकपुरधाम, चैत ६ गते ।
जिल्ला प्रहरी कार्यायल धनुषामा एक व्यक्ति विष सेवन गरेको अवस्थामा भेटिएका छन् । जनकपुरधाम उपमहागरपालिका ४ का ४५ वर्षीय शैलेन्द्र कर्ण प्रहरी कार्यालय परिसरमै विष सेवन गरेको अवस्थामा सिकिस्त भेटिएका हुन् ।
उनी आइतबार साढे ४ बजे भेटिएपछि अस्पताल भर्ना गरिएको हो ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले साढे ४ बाहिर कदमचोकबाटै विष सेवन गरेर आएको वयान उनले दिएको बताए । विष सेवनबाट सिकिस्त बनेका उनलाई जनकपुरको जानकी हेल्थकेयरको आइसियुमा भर्ना गरिएको छ ।
उनकी श्रीमती किरण कर्णले प्रहरीले जिल्ला प्रहरीमा विष सेवन गरेको अवस्थामा छन् भनेर प्रहरीले खबर गरेपछि आफूलाई थाहा भएको बताइन् । कर्णको लेनदेन सम्बन्धि छलफल आज जिल्ला प्रहरी कार्यालयमा थियो । छलफलबाट गएका उनी पुनः विष सेवन गरी प्रहरी कार्यालय पुगेको बताइएको छ ।