Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ४ गते ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित रहेको विपी कोइराला माध्यमिक विद्यालयमा कक्षा ९ र ११ का विद्यार्थीलाई झोला वितरण गरिएको छ । शुक्रबार कक्षा ९ का ११४ विद्यार्थीलाई शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले उपलब्ध गराएको ज्योमेट्रीबक्ससहितको झोला वितरण गरिएको प्रधानध्यापक जयकुमार यादवले जानकारी दिए ।

यस्तै कक्षा ११ का अध्ययनरत्त विद्यार्थीलाई वडा नं. ४ ले उपलब्ध गराएको झोलासहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक जयकुमार यादवको अध्यक्षता तथा लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य एवं शिक्षा विकास निर्देशनालयक निर्देशक चुडामणि फुयालको विशिष्ट आतिथ्यमा झोला वितरण सम्पन्न भएको हो ।

झोला वितरण समारोहमा वडा नं. ४ का वडाध्यक्ष रमेश कुमार साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अध्यक्ष नागेन्द्र यादव, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!