जनकपुरधाम,चैत ७ गते ।
सप्तरीमा डाँका मुद्दाका फरार प्रतिवादी ६५ वर्षीय फुल कुमार चौधरी २० वर्ष पछि पक्राउ परेका छन् । बोदेरबसाईन नगरपालिका ३ का स्थायी बासिन्दा चौधरी २७ जेठ २०५८ सालमा सप्तरीको साबिक फुलकाही गाविस ६ बस्ने सुर्य नारायण पाल समेतको घरमा डकैती गरेको अभियोग छ ।
सप्तरी जिल्ला अदालतले १० चैत २०७१ मा चौधरीलाई ६ वर्ष कैद र एक लाख १९ हजार १८२ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । उनलाई पक्राउ गरी कारागार चलान गरिएको सप्तरी प्रहरीले जनाएको छ ।