Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ९ गते ।

उच्च अदालत जनकपुरले डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राजिष्टार खडगराज अधिकारीका अनुसार बिहीबार इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।

दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए । दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् ।

तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच दरार उत्पन्न भएको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!