Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, चैत ३ गते ।

सप्तरीमा दुईपक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोल बस्ने सुर्य नारायण यादवर र शुभ नारायण यादव पक्षबीच ऐलानी जग्गा जमिनको विषयमा विवाद तथा कुटाकुट भएको हो ।

घाइते हुनेहरुमा शुभ नारायण पक्षका उनका छोराद्वय वर्ष २० का प्रबेश कुमार यादव र वर्ष १८ का चिनु भन्ने मिथलेश यादव र सुर्य नारायण पक्षका उनका छोरा २४ वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!