Samajik Feed – News Portal from Nepal

धनुषा २ मा नेकपाको तर्फबाट झाले दर्ता गराए उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्व स्थानीय विकासमन्त्री समेत रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि झाले जनताको पक्षमा काम गर्ने बताए । फाएजा फहमीदाफाएजा […]

कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए । थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि […]

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ […]

लेटाङमा १० दिने सडक सवारी सुरक्षा अभियान

सामाजिक फीड- जनकपुरधाम, माघ ३ गते । मोरङको लेटाङ नगरपालिका क्षेत्रभित्र “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२” सुरु भएको छ । इलाका प्रहरी कार्यालय, लेटाङले माघ १ गतेदेखि माघ १० गतेसम्मको लागि सञ्चालन गरेको अभियानमा सडक सुरक्षा सम्बन्धि ठाउँबाट संकेतसहितको होडिङ्बोर्ड, पर्चा वितरण, सचेतना कक्षा, चम्किलो स्टिकर टास्ने लगायतको काम गरिने जनाएको छ । सडक […]

राजबिराज आउँदै गरेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । विराटनगरबाट राजबिराज आउँदै गरेको ट्रक सुनसरीमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ।बिहीबार बिहान साढे ५ बजे हुलाकी राजमार्गबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले भोक्राहा नरसिंह गाउँपालिका ८ मा ट्रक अनियन्त्रित भई […]

देशभर धार्मिक आस्था, स्नान, दान र परम्परासहित मकर सङ्क्रान्ति उत्साहका साथ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । तराई-मधेसमा ‘तिला सङ्क्रान्ति’ को रूपमा विशेष महत्वका साथ मनाइने माघे सङ्क्रान्ति आज देशभर धार्मिक आस्था, स्नान, दान र पारम्परिक परिकारसहित मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने आजको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ भने यही दिनबाट सूर्य उत्तरायण लाग्ने धार्मिक मान्यता छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले […]

महोत्तरीमा निर्वाचन सुरक्षा कडा : इजाजत प्राप्त सबै हातहतियार प्रहरीलाई बुझाउन निर्देशन

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत लिएर राखिएका सबै हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सबै हातियार अनिवार्य रुपमा बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना निकाल्दै जिल्लाभित्र रहेका सबै हातहतियार धनीलाई सूचना जारी भएको […]

प्रहरीका उच्च अधिकारीसँग पहुँच भएको भन्दै धाकधम्की दिने युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । सर्लाहीमा प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ६ बेल्डी टोल बस्ने २९ वर्षीय रमेश गिरी भनिने झन बहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बागमती नगरपालिका १२ कर्मैयास्थित एक होटलमा पुगेर वितण्डा मच्चाएका […]

जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता, ठाकुर संरक्षक यादव अध्यक्ष हुने

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ ।आइतबार यी दुई मधेशवादी दलबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार दुई दलबीचको एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने जसपा […]

धनुषामा साढे चार हजार निर्वाचन प्रहरी भर्ना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । आगामी फागुन २१ मा हुनेप्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा ४ हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति धनुषाले जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो । सहायक प्रमुख जिल्लाद्वारा जारी सूचनामा स्वीकृत […]