Samajik Feed – News Portal from Nepal

प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट कांग्रेस सभापति देउवाको नाम सिफारिस

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट सिफारिस भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ३ बाट पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम सिफारिस गरिएको हो । क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रत्यक्षतर्फ देउवासहित केन्द्रीय सदस्य […]

मधेशका मुख्यमन्त्री यादव एमाले महाधिवेशन पश्चात मात्र विश्वासको मत लिने

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमालेको जारी ११औँ महाधिवेशनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले सत्ता गठबन्धन भित्र भागवण्डा गरी विश्वासको मत लिए पश्चात मात्र मन्त्री परिषद विस्तार गर्ने रणनीति लिएका छन् । एमालेको महाधिवेशन पश्चात मात्र विश्वासको मत लिने एक सांसदले बताए । गत मंसिर […]

प्रतिनिधिसभा निर्वाचन : ४३ दलले समानुपातिक तर्फ भाग नलिने

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । आगामी फागुन २१ मा हुने निर्वाचनमा समानुपातिक तर्फ ४३ वटा दल भाग नलिने भएको छ ।उनीहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।निर्वाचन आयोगका अनुसार १४३ वटा दल दर्ता छ, त्यसमध्ये एक सय दलले मात्र समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन […]

राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बिच्छालाई प्रदेशसभा सदस्यका रूपमा नियमित रूपमा काम गर्नबाट रोक्न नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो। राप्रपाले मधेश प्रदेशसभामा पेश गरेको पदमुक्तिको सिफारिससमेत कार्यान्वयन नगर्नरनगराउन सर्वोच्चले प्रदेश सरकार […]

राष्ट्रिय मुक्ति पार्टीबाट धनुषा ३ मा उम्मेदवारका लागि महतो र झाको नाम सिफारिस

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागी धनुषा ३ को उम्मेदवारका लागि अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष डा.राजीव झाको नाम सिफारिस गरेको छ । पार्टीको धनुषा जिल्ला अध्यक्षको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै नेताको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । जिल्ला […]

नवगठित मधेश सरकारद्वारा एमाले नेतृत्वको सरकारले गरेको सबै निर्णय बदर

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । नवगठित मधेश सरकारले एमाले नेतृत्वको सरकारले गरेको सबै निर्णय बदर गरेको छ । संविधानको धारा १०३ अनुसार बनेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारका कार्यकालमा कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्म गरेका सबै निर्णय बदर गरेको हो । नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको नवगठित सरकारको आज बसेको मंत्रिपरिषदको पहिलो बैठकले […]

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बर्खास्त

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४०९ख) अनुसार महतोलाई पदमुक्त गरेका हुन्। गत शुक्रबार ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएपछि मुख्य न्यायाधिवक्तालाई पदमुक्त […]

मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले सरकारको प्रशासनिक संरचनामा व्यापक चलखेल गरेको खुलेको छ।सर्वोच्चको परमादेश आइसकेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गरेको सरकारी कागजातबाट देखिएको हो। यस क्रममा ११औं तहका सहसचिव सहित पाँचौँ तहका ३८ कर्मचारीको सरुवा गरिएको […]

मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिए पद तथा गोपनियताको सपथ

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाइ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादव मंसिर २४ गते विश्वासको मत लिने तयारीमा रहेका छन्। कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई […]

मधेशका मुख्यमन्त्री यादव आगामी मंसिर २४ गते विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्। सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले विश्वासको मत आगामी मंसिर २४ गते प्रस्तुत गर्ने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले बताए। नेपाली कांग्रेसबाट मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादव आज नै पद तथा […]