सामाजिक फीड-
जनकपुरधाम, माघ २२ गते ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन्।
चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका घिसिङले आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा भने, “देशको नेतृत्व गर्न हामी आएका हौं। अरु कसैलाई प्रधानमन्त्री बनाउन होइन। हामी नै यो देशमा परिवर्तन ल्याउनेछौं।”
उनले उज्यालो नेपाल पार्टी धेरै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेको दाबी पनि गरे।
यसअघि व्यक्ति र पार्टी हेरेर मतदान गर्ने चलन अब अन्त्य गरी देशको समृद्धिलाई केन्द्रमा राखेर मत दिन उनले मतदातासमक्ष आग्रह गरे। जेन–जी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टी रहेको उल्लेख गर्दै उनले नयाँलाई विश्वास गरेर काम गर्ने अवसर दिनुपर्ने बताए।