Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १५ गते ।

कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आयोगको निर्णय विरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार चौधरीको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आयोगसँग लिखित जवाफ माग्ने आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उम्मेदवारी दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *