Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २२ गते ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।

कमल गाउँपालिका-२ मा रहेको बालेन शाहको सम्पर्क कार्यालय रहेको घरको झ्यालको सिसा फुटेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सिसा फुटेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्।

“झ्यालको सिसा फुटेको भन्ने खबर प्राप्त भएको छ। प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ,” उनले भनिन्।

झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेका छन् भने यही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन्।

प्रतिस्पर्धा कडा रहेकाले यो क्षेत्र सुरक्षाको दृष्टिकोणले समेत अतिसंवेदनशील मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *