Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २५  गते ।

जनकपुरधाम नगर क्षेत्रमा लगाइएको निर्वाचन आचारसंहिताविपरीतको प्रचारप्रसार सामाग्री हटाइएको छ । सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको हो ।

निर्वाचन कार्यालयमा उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई प्रचार सामग्री हटाउन आग्रह गरिएको भएतापनि त्यसलाई बेवास्ता गरेपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५ सय भन्दा बढी प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सार्वजनिक स्थान, बिजुलीका पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका प्रचार सामग्री हटाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार अनुगमनका क्रममा सबैभन्दा बढी आचारसंहिता उल्लंघन गर्ने दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी पाइएको छ ।

उनले निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारमाथि कानुनी कारबाही हुनसक्ने चेतावनी पनि दिएकाले नियमित अनुगमन भइरहेको बताए ।
स्थानीय प्रशासनले अनुगमनलाई निरन्तरता दिने र उल्लंघन दोहोरिए कडा कारबाही हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *