Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज जनकपुरधाम आउन लागेका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आउन लागेका हुन् ।
बिहीबार जानकी मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम रहेको जनाएको छ ।

विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट तथा आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *