Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जकपुरधाम, माघ १६ गते ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी अभियान सुरु गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार निधि सहिद दिवसको अवसर पारेर जनकपुरधाम–१६ स्थित कपिलेश्वरबाट विधिवत चुनाव अभियान आरम्भ गरेका हुन् ।


चुनाव अभियान आरम्भ गर्दै उनले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न कांग्रेसलाई निर्वाचित गराउन अनुरोध गरेका छन् । निधिले वर्तमान सरकार जनताप्रति जवाफदेह नरहको आरोप लगाए ।

संविधान र लोकतन्त्र क्षतिग्रस्त अवस्थामा रहेको बताउँदै उनले ट्र्याकमा ल्याउन कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे। । निधिले ढल्केबरदेखि जटहीसम्म सिक्सलेन सडक आफू भौतिकमन्त्री छँदा निर्णय गरेर बनाउन लगाएको बताए ।

जनकपुर–जयनगर रेलमार्गलाई ब्रोडगेज बनाउन भारतीयपक्षसंघ आफूले पहल गरेको उनले सुनाए। निधिले पछिल्लो समय आफू जनकपुर– अयोध्या हवाईसेवा सञ्चालनका लागि प्रयासरत रहेको बताए। निधिले जनकपुरलाई प्रदेशको राजधानी बनाउन आफू गृहमन्त्री छँदा निर्णय गराउन लगाएको उल्लेख गरे।

भौतिक विकासका साथै शैक्षिक क्षेत्रको विकासका लागि आफूले खेलेको भूमिकाको उनले चर्चा गरे। निधिले राजर्षि विश्वविद्यालय स्थापनाका साथै आफ्नो पहलमा विद्यालय भवनहरू निर्माण गर्न लगाएको बताए।। निधिले किसानहरूलाई सुविधा पुर्याउने उदेश्यले जनकपुर क्षेत्रमा मल कारखाना स्थापना गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेता निधिको चुनाव परिचालनको नेतृत्व गरिरहेका प्रदेश सांसद एवं पूर्वप्रदेशमन्त्री रामसरोज यादवले संघीयता र संविधान रक्षाका लागि कांग्रेसलाई विजयी बनाउन आग्रह गरे।
उनले धनुषालागयत देशका विभिन्न क्षेत्रको विकासका लागि नेता निधिको ठूलो योगदान रहेको उल्लेख गरे। सिक्सलेन सडकदेखि राजर्षि विश्वविद्यालको स्थापनाका लागि निधिको महत्वपूर्ण भूमिका रहेकेो यादवले जिकिर गरे ।नेता यादवले निधिलाई विजयी बनाउन सम्पूर्ण कांग्रेस एकढिक्का रहेको उल्लेख गरे ।

कांग्रेस जनकपुरधाम नगरसमितिका सभापतिसमेत रहेका मेयर मनोजकुमार साहले विश्वविद्यालयको स्थापना, जनकपुरलाई प्रदेश राजधानी बनाउन निधिले खेलेको भूमिकाको चर्चा

Leave a Reply

Your email address will not be published. Required fields are marked *