Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २३ गते ।

निर्वाचन आयोगका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । आयोगका अनुसार ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएकोमा विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको प्याकिङ समेत सम्पन्न भइसकेको छ ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको हो ।

यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ ।

बाँकी जिल्लाको मतपत्र प्याकिङको काम बाँकी छ ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक तर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *