Samajik Feed – News Portal from Nepal

विद्युत् विवादको प्रदर्शनमा बोल्दाबोल्दै जिफन्ट नेता कमल गौतमको आकस्मिक निधन

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा उनी भाषणकै बीचमा बेहोस भएर ढलेका थिए। उद्योगी र मजदुरहरूले ट्रंकलाइन विवादका कारण उद्योगहरूको विद्युत् लाइन काटिएको विरोधमा प्रदर्शन गरिरहेका बेला गौतमले मजदुरको पक्षबाट सम्बोधन गरिरहेका थिए। उनी ढलेपछि तत्कालै उपचारका लागि […]

जेनजी छलफलमा प्रधानमन्त्रीले मुस्लिम युवाको प्रतिनिधित्व नगराएको भन्दै मुस्लिम जेनजीको ध्यानाकर्षण

समाजिक फीडजनकपुरधाम, कात्तिक १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको जेनजी छलफलमा मुस्लिम समुदायका युवाहरूलाई समावेश नगरिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको मुस्लिम जेनजी नेपालले जनाएको । उक्त संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले मुस्लिम समुदायप्रति राज्यको दृष्टिकोणमा प्रश्न उठाएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, “देशभर फैलिएको जेनजी आन्दोलनमा सबै वर्ग, क्षेत्र र समुदायका […]

मधेशका मुख्यमन्त्री सोनल कार्तिक २२ गते विश्वासको मत लिने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कार्तिक २२ गते विश्वासको मत लिने भएका छन् । बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो । विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बैठकमा सरकारलाई […]

माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । आगामी माघ ११ गते सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ […]

नेपालमा सामाजिक सञ्जालबन्द हुँदैन : मन्त्री खरेल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले भने, सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्नुको आवश्यकता नभएको छ। उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई […]

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा आजदेखी सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुने बताए । उनका अनुसार अहिलेसम्म १६ वटा मुद्दा दायर भएका […]

प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी ४ मध्ये २ मन्त्री आज मात्र शपथ लिने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ कार्यक्रम हुने स्रोतले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस […]

मन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा मुछिएपछि छलफल जारी

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ । उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको उच्च स्रोतले जनाएको हो । प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन् । […]

सुशीला कार्की आज मन्त्रीपरिषद् विस्तार गर्दै, गुप्ता खेलकुद मन्त्री बन्दै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन । थपिन लागेका चार मन्त्रीले आइतबार दिउँसो साढे २ बजे शपथ लिन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले अढाई बजेका लागि शपथको समय निर्धारण गरिएको जानकारी दिए । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल […]

मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तार तथा विश्वासको मतबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो […]