सामाजिक फीड
जनकपुरधाम, मंसिर १८ गते ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धनको बैठक जारी छ । नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजिनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८९२० बमोजिम शुक्रबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थन सहित मुख्यमन्त्रीको दाबीसहित प्रस्तुत हुन आह्वान गरेको छ ।
सातदलीय गठबन्धन एकै पटक सरकार र सभामुख पदको प्याकेजमा सहमति खोज्दैछ । काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल दुवैले मन्त्रिपरिषद् नेतृत्वमा दाबी गरिरहेका छन् । सभामुख पद रिक्त भएकाले सबै दलहरूबाट प्याकेज सहमतिको प्रयास बलियो हुँदै गएको छ ।
छलफलमा सहभागी दलहरूभित्र काँग्रेस नेता कृष्णप्रसाद यादवको पक्षमा समर्थन बढ्दो छ । सोनल ले विगतमा विश्वासको मत लिन नसकेको तथा लोसपा गठबन्धन भित्र छैटौँ दलको हैसियतमा रहेको तर्कसमेत राखिएको छ । अर्कातिर, एमाले नेता तथा निवर्तमान मुख्यमन्त्री सरोज यादवले स्थिरताका लागि जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने घोषणा गरिसकेका छन् । यसले काँग्रेसको नेतृत्व दाबी झनै मजबुत भएको विश्लेषण दलहरूमाभित्र छ ।
काँग्रेसलाई नेतृत्व नदिए असन्तुष्टि बढ्ने र सतिश सिंह नेतृत्वमा फेरि विगतकै अस्थिरता दोहोरिन सक्ने चिन्ता दलहरूमा छ।