Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदै छ ।
बिहीबारदेखि सुरु भएको निरन्तर बहस सोमबार पनि जारी रहँदा आजको पेसीमा विपक्षी पक्षका अधिवक्ताले बाँकी बहस टुंग्याएपछि रिटकर्तातर्फका जवाफी बहस सकिएसँगै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री संविधानविपरीत नियुक्त भएको भन्दै तीनवटा रिट सर्वोच्चमा परेको थियो ।
तीन वटै रिटमाथी संयुक्त रूपमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बिहीबारदेखि सुनुवाइ हुँदै आएको छ। बिहीबार बहस नसकिएपछि शुक्रबार पनि सुनुवाइ अघि बढेको थियो भने सोमबारका लागि अर्को पेसी तोकिएको थियो।

नेपालको संविधानको धारा १६८९३० अनुसार सबैभन्दा ठूलो दलका हैसियतले एमालेका दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि त्यसको विरुद्धमा तीनवटा छुट्टाछुट्टै रिट परेका थिए।

प्रदेश प्रमुखले कात्तिक २४ गते बिहान बर्दिबासस्थित एक होटेलमा यादवलाई सपथ गराएपछि जनकपुरधामका रक्कीप्रसाद साह र सिरहाका सुजित यादवले संयुक्त रुपमा र अर्जुन साहले संविधानको धारा १६८९२० जिउँदै हुँदाहुँदै उपधारा ३ अनुसार सरकार गठन गरिएको दाबी गर्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

साह र यादवको रिटमा कात्तिक २५ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
सोही दिन नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले समेत मुख्यमन्त्री नियुक्ति बदर गर्न माग राख्दै अर्को रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *