Samajik Feed – News Portal from Nepal

मधेशका शिक्षा मन्त्री शर्माले दिइन् पदबाट राजिनामा

सामाजिक फीडजनकपुरधाम, असोज २७ गते । मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजिनामा दिएकी छन् । उनले आजै मुख्यमन्त्रीलाई पत्र लेख्दै पदबाट राजिनामा दिएकी हुन् । उनी लोसपाबाट एकल मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सतिशकमार सिंहले मधेश प्रदेशसभाबाट विश्वासको मत लिने पूर्व सन्ध्यामा मन्त्री शर्माले राजिनामा घोषणा गरेकी हुन् । यसअघि […]

सोमवारदेखि जसपा नेपाल मधेसको अधिवेशन हुने, यी तीनजना अध्यक्षका दावेदार

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । अगामी सोमबारदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय पहिलो अधिवेशन जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनमार्फत ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जनाइएको छ। आइतबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेश कमिटीका अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय […]

मुख्यमन्त्री सतिश सिंहले २८ गते विश्वासको मत लिने,प्रदेश सभालाई लेखे यस्तो पत्र

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी असोज २८ गते (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख गरिएको छस्नेपालको संविधानको धारा १ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु। फाएजा फहमीदाफाएजा फहमीदा […]

राष्ट्रपति पौडेलले आगामी निर्वाचनबारे राजनीतिक दल र सरकारसँग छलफल गर्ने

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र सरकारसँग आगामी निर्वाचनसम्बन्धी विषयमा संवाद गर्ने निर्णय गरेका छन्। संसद् विघटनपछि निर्वाचनलाई लिएर राजनीतिक दलहरु र सरकारद्वारा पूर्व तयारी गर्नुपर्ने आवश्यकताका कारण राष्ट्रपतिले छलफल गर्न लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुसँग संवाद […]

मधेशमा नयाँ सरकारको लागि दाबी पेश

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । मधेशमा काँग्रेस नेतृत्वमा सरकार बनाउन दाबी पेश गरिएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन काँग्रेस, एमाले र जनमतले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो। दावी पेश गर्नु अघि मुख्यमन्त्री सतिशकुमार सिंहलाई कायम राखेको समर्थन एमालेले फिर्ता लिएको थियो । संविधानको धारा […]

नेकपा एमालेले मधेस सरकारबाट फिर्ता लिए समर्थन

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सतिशकुमार सिंह नेतृत्वको सरकारबाट बाहिने निर्णय गरेको छ।एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । उनका अनुसार आज नै एमालेबाट मन्त्री रहेका सबैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने छन् । एमालेका मधेस प्रदेश अध्यक्ष […]

मधेश सरकारको नेतृत्वमा किचलो जारी, मुख्यमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने महन्थको अडान

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । नेतृत्वबारे सहमती हुन नसक्दा मधेस प्रदेशमा नयाँ सरकार गठन अन्यौलमा परेको छ ।एकातिर साविककै गठबन्धनबाट सरकार पुनर्गठन गर्ने कि नयाँ गठबन्धन निर्माण गर्ने भन्ने अन्योल छ भने अर्कोतर्फ सरकारको नेतृत्व कसले लिने भन्ने विषयले राजनीतिक माहोल तातिएको छ। मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले फिर्ता बोलाइसकेको पनि उनले अहिलेसम्म राजीनामा […]

मधेशमा कांग्रेस–एमालेबाहेकको सरकार बनाउन छलफल जारी, महन्थ ठाकुर पनि सक्रिय

समाजिक फीड जनकपुरधाम, असोज १७ गते । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने तयारीले तिब्रता पाएको छ । जनमत पार्टी नेतृत्वको सरकार अल्पमतमा परेपछि विभिन्न दलहरूबीच नयाँ समीकरणबारे छलफल भइरहेको छ । कांग्रेस एमाले सहितका दलले एउटा गठबन्धनको तयारी गरिहेको छ भने बाँकी दलहरुले अर्को गठनबन्धनको समेत तयारी थालेको हो । एमाले र कांग्रेसबाहेकका दलहरूले […]

मुख्यमन्त्री सिंहको फेसबुक पेज भएको थियो ह्याक, साढे चार घण्टापछि भयो रिकभर

सामाजिक फीड-जनकपुरधाम, असोज  १२  गते । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको फेसबुक पेज ह्याक भएको थियो । मुख्यमन्त्री सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको उनको सचिवालयले जनाएको छ।उनको सचिवालयका अनुसार पेज ह्याक भएको करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पेजलाई पुनः नियन्त्रणमा ल्याइएको हो।CM satish singh नामक मुख्यमन्त्री सिंहको आधिकारिक पेजलाई ह्याक […]

दलको निर्देशन नमान्दा अल्पमतमा परेमधेसका मुख्यमन्त्री

समाजिक फीड-जनकपुरधाम, असोज ९ गते । मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेका छन् । जनमत पार्टी संसदीय दलको निर्देशन विपरित गएपछि पार्टीमा एक्लो परेका मुख्यमन्त्री सिंहलाई सत्ता साझेदार दलले समेत साथ छाडेपछि अल्पमतमा परेका हुन् । बुधबार सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनको नेतृत्वको सरकार अल्पमतमा परेको हो ।मधेश सरकारलाई अहिले एमालेका […]