Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २२ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज सदनबाट विश्वासको मत लिन लागेका छन् । लोसपा नेता सोनल गत असोज २९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

उनलाई विश्वास मत लिनको लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।  १०७ सदस्य मधेश प्रदेश सभामा हाल  सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ । तर जनमत भित्रको विभाजन र माओवादी भित्रको आन्तरिक किचलोले मुख्यमन्त्रीको विश्वासको मत पाउन सकस हुने आकलन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *